गणेशमान सिंह लोकतन्त्रका लागि लड्ने निष्ठावान् नेता : पौडेल
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले गणेशमान सिंह लोकतन्त्रका लागि लड्ने निष्ठावान् नेता भएको बताएका छन् ।
लौहपुरुष गणेशमान सिंहको १०८औँ जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेस टोखा नगरपालिका वडा नं २ कार्यसमितिले आज यहाँ आयोजना कार्यक्रममा नेता पौडेलले देश र जनताप्रति समर्पित नेता सिंह भएको बताएका हुन् ।
‘गणेशमान सिंह पार्टीको सभापति र प्रधानमन्त्री हुनुभएन तर उहाँको राजनीतिक उचाइ पार्टी सभापति र प्रधानमन्त्री हुने व्यक्तिकोभन्दा बढी छ’, उनले भने। उनले गणेशमान सिंहको योगदानलाई अन्तर्राष्ट्रियस्तरमा पु-याउन नसकेकामा गुनासो गरे ।
लोकतान्त्रिक वाम–गठबन्धनका तर्फबाट काठमाडौ क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पौडेलले मुलुकको परिवर्तन र नागरिक अधिकारका लागि निष्ठापूर्वक लड्ने गणेशमान सिंहको योगदानबारे भावि पुस्तालाई बुझाउनुपर्ने बताए ।
नेता पौडेलले प्रधानमन्त्री पद प्राप्त गर्दासमेत प्रधानमन्त्री नबन्ने गणेशमान सिंहको बाटोमा नेपाली राजनीतिलाई लैजान सकेमात्र उनीप्रति सच्चा श्रद्धाञ्जलि हुने बताए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया