पल र पूजाको चलचित्र ‘मनसँग मन’ माघमा प्रदर्शन हुने
काठमाडौं । कैलाश राई निर्देशित चलचित्र ‘मनसँग मन’को प्रदर्शन मिति तय गरिएको छ। निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै चलचित्रको माघ २० गतेदेखि प्रदर्शनमा जनाएका छन् ।
अरुण तामाङले निर्माण गरेको चलचित्रमा अर्जुन पोखरेल र अगोम गुरुङको संगीत, कमल राई र रामजी लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायांकन, अर्जुन जीसीको सम्पादन रहेको छ ।
चलचित्रमा पल शाह, पूजा शर्मा, पुष्प खड्का, वर्षा सिवाकोटी, बुद्धि तामाङ, सन्ते दा, चाँदनी प्रधान, महेन्द्र बगदासलगायतका कलाकारको समेत अभिनय रहेको छ ।
यो चलचित्र भारतमा यसअघि नै प्रदर्शन भइसकेको छ। चलचित्रले भारतमा राम्रो प्रतिक्रिया पाएको थियो। भारतमा चलचित्रले राम्रो समथ पाएपछि निमार्ण टिमले चलचित्रलाई पुन: मंसिर २५ गतेबाट दिल्ली, गुजरात, आसाम लगायतका सहरमा प्रदर्शन गर्न लागिएको जनाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया