पल र पूजाको चलचित्र ‘मनसँग मन’ माघमा प्रदर्शन हुने

काठमाडौं । कैलाश राई निर्देशित चलचित्र ‘मनसँग मन’को प्रदर्शन मिति तय गरिएको छ। निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै चलचित्रको माघ २० गतेदेखि प्रदर्शनमा जनाएका छन् ।
अरुण तामाङले निर्माण गरेको चलचित्रमा अर्जुन पोखरेल र अगोम गुरुङको संगीत, कमल राई र रामजी लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायांकन, अर्जुन जीसीको सम्पादन रहेको छ ।
चलचित्रमा पल शाह, पूजा शर्मा, पुष्प खड्का, वर्षा सिवाकोटी, बुद्धि तामाङ, सन्ते दा, चाँदनी प्रधान, महेन्द्र बगदासलगायतका कलाकारको समेत अभिनय रहेको छ ।
यो चलचित्र भारतमा यसअघि नै प्रदर्शन भइसकेको छ। चलचित्रले भारतमा राम्रो प्रतिक्रिया पाएको थियो। भारतमा चलचित्रले राम्रो समथ पाएपछि निमार्ण टिमले चलचित्रलाई पुन: मंसिर २५ गतेबाट दिल्ली, गुजरात, आसाम लगायतका सहरमा प्रदर्शन गर्न लागिएको जनाएको छ ।
ताजा अपडेट
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?
-
आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
प्रतिक्रिया