अख्तियारको प्रष्टिकरण : अदालतसँग अविस्वास छैन, न्यायिक स्वतन्त्रताप्रति प्रतिवद्ध छौँ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले न्यायिक स्वतन्त्रताप्रति आयोगको प्रतिवद्धता र न्यायालयप्रतिको सम्मानमा शंका नगर्न आग्रह गरेको छ ।
सार्वजनिक पद धारण गरेका व्यक्तिबाट हुने भ्रष्टाचारजन्य गतिविधि रोक्न सक्रिय रहेको आयोगले हिजो एक प्रेस विज्ञप्ती जारी गर्दै आफ्नो कामबारे जानकारी गराएको थियो ।
आयोगले विज्ञप्तीमा बिशेष अदालतबाट प्राप्त फैसलामा चित्त नबुझेर सर्वोच्च अदालतमा पुनरावेदन भएका मुद्धाहरुबारे उल्लेख गरेको थियो । अख्तियारले रंगेहात पक्राउ गरेको भ्रष्टाचारका मुद्धालाई समेत बिशेष अदालतले उन्मूक्ति दिदै आएको छ । राज्यलाई करोडौ नोक्सान पारिएका भ्रष्टाचारका मुद्धामा पनि उन्मूक्ति पाउने गरेका छन् ।
त्यस्तै मुद्धाहरुलाई संकेत गर्दै अख्तियारले फैसला उपर चित्त नबुझ्दा आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गर्नुपरेको विषय उल्लेख गरेको थियो । न्यायिक प्रक्रिया पछ्याउनु पर्ने आयोगको बाध्यताबारे नागरिकलाई स्पष्ट पार्न आयोगले ती उदाहरण पेश गरेका थियो ।
आयोगको उक्त भनाईलाई अदालतको न्यायिक स्वतन्त्रतामा आघात पुर्याएको रुपमा व्याख्या गर्दै नेपाल बार एशोसियसनले आज त्यसप्रति आपत्ती जनाएको थियो ।
असल मनसायका साथ गरीएको कार्यलाई त्यस विपरित सार्वजनिक निकायहरुबीच भ्रम सिर्जना गर्ने र द्धन्द्ध निम्त्याउने प्रकृतिको भएको भन्दै अख्तियारले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आयोगले सम्मानित अदालतको गरिमाप्रति अनास्था फैलाउने विषय कल्पनासम्म गर्न नसकिने र स्वतन्त्र न्यायपालिकाप्रति सदाझै अविचलित रहेको समेत स्पष्ट पारेको छ ।
ताजा अपडेट
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
-
एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
प्रतिक्रिया