NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

सानिमा बैंक र दराजबीच ‘दराज ११.११’ छुट दिनेसम्बन्धी सहकार्य

काठमाडाैं । सानिमा बैंक र दराजबीच ग्राहकहरुका लागि ‘दराज ११.११’ मा विशेष छुट दिनेसम्बन्धी सहकार्य भएको छ । योजना अवधिभर ग्राहकहरूले दराजबाट सामान खरिद गर्दा सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् २,५०० सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम् रु ३,००० सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।  यो योजनामा सिमित छुट मात्र उपलब्ध हुने भएकोले छुट प्रदान गर्दा पहिलोलाई प्राथमिकता दिइने बैंकले जनाएको छ । छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ ।

यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले शून्य ब्याजदरमा मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सकिने जनाइएको छ । यो योजना कार्तिक २५ देखि मंसिर १ गतेसम्म ७ दिनका लागि लागू हुनेछ ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १२९ कार्यालय, १२२ एटिएम सञ्चालनमा रहेका छन् ।