राष्ट्रपति भण्डारी भोलि स्वदेश फर्कंदै
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी जनगणतन्त्र आइसल्याण्डको औपचारिक भ्रमण पूरा गरी भोलि (शनिबार) स्वदेश फर्कंदै छिन् ।
महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स’ ९डब्लुपिएल० कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी यही कात्तिक २१ गते आइसल्याण्ड गएकी थिइन् ।
गणतन्त्र आइसल्याण्डको राजधानी रेक्याभिकमा आयोजना भएको ‘रेक्याभिक ग्लोबल फोरम’ (वुमन लिडर्स) मा उनले विशेष सम्बोधनसमेत गरेकी थिइन् । साथै उनले ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ समेत ग्रहण गरेकी थिइन् ।
राष्ट्रपति भण्डारी आज आइसल्याण्डबाट प्रस्थान गरी नर्वेको राजधानी ओस्लो र कतारको राजधानी दोहा हुँदै भोलि शनिबार काठमाडौँ आइपुग्ने कार्यक्रम छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया