NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ १९ गते

सानिमा बैंकको नयाँ शाखा सितापाइलामा 

काठमाडौं । सानिमा बैंकले आजदेखि काठमाण्डौको सितापाइलामा शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन सानिमा बैंकका अध्यक्ष तुक प्रसाद पौडेल र प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले संयुक्त रुपमा गरेका थिए ।

समुद्घाटन् समारोहमा सानिमा बैंकका अध्यक्ष तुक प्रसाद पौडेले स्वागत मन्तव्य व्यक्त गर्दै उक्त शाखाबाट सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गरिनुका साथै, अन्य स्थानहरुमा पनि शाखा विस्तार गर्दै ग्राहकहरुले पाउने सेवा सुविधा बढाउँदै जाने लक्ष्य लिएको बताए ।

त्यसैगरी प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा सद्भावका लागि कृतज्ञता व्यक्त गरे । सानिमा बैंकको देशका सातै प्रदेशमा १३० कार्यालयहरु र १२२ वटा एटिएमहरु संचालनमा रहेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष