तिलका फाइदै फाइदा
काठमाडौं । हामीले प्रकृतिबाट यस्ता धेरै चिज पाएका छौं, जसको सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । ती चीजहरू मध्ये एक हो तिल ।
बिहान उठ्नेबित्तिकै खाली पेटमा तिलको खाँदा यसले स्वास्थ्यका लागि निकै लाभ दिन्छ । नियमित तिलको सेवनले दाँत बलियो बनाउँछ यसले गिजा सम्बन्धी समस्याबाट पनि मुक्त गराउँछ ।
तिलमा धेरै मात्रामा क्याल्सियम पाइन्छ, जसले कलेजो र पेटलाई सक्रिय बनाउँछ र ग्यास्ट्राइटिसमा सुधार गर्छ। यसले पाचनलाई बलियो बनाउँछ। तिलले हड्डी, दाँत र कपाललाई मजबुत बनाउने काम गर्छ ।
यसको फाइदाजनक गुण कब्जियतको उपचारमा पनि प्रभावकारी हुन्छ। तिल चपाएर सुक्खा खोकीबाट पनि राहत पाउन सकिन्छ । सेसमिन एक एन्टिअक्सिडेन्ट हो, जसले क्यान्सर कोशिकाको वृद्धिलाई रोक्नसमेत मद्दत गर्छ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया