भारतको हिमाचलमा आज चुनाव, ६८ सिटका लागि ४१२ मैदानमा
काठमाडौं । भारतको हिमाचल राज्यको प्रदेश विधानसभा चुनाव सुरु भएको छ । बिहान ८ बजेदेखि सुरु निर्वाचनमा अहिले मतदान चलिरहेको छ ।
हिमाचलको विधानसभामा ६८ सिट छ । यी सिटमा ४१२ उम्मेदवार प्रतिस्पर्धामा छन् । यो प्रदेशमा रहेका ५५ लाखभन्दा बढी मतदाताले आफ्नो मतमार्फत यी उम्मेदवारको आज भाग्य फैसला गर्दैछन् ।
निर्वाचनमा भारतीय कंग्रेस, भारतीय जनता पार्टीलगायत दल चुनावमा छन् । यीमध्ये मुख्य प्रतिस्पर्धा भाजपा र कंग्रेसबीच हनेछ । यस पटक भाजपा आफ्नो पकड जोगाउने दाउमा छ भने कंग्रेस त्यसलाई भत्काउने रणनीतिमा छ ।
यसअघि सन् २०१७ मा सम्पन्न निर्वाचनमा भारतीय जनता पार्टी ४४ सिटमा विजयी भएको थियो । सन् २०१२ देखि पाँच वर्ष त्यहाँको सरकारको नेतृत्व गरेको कंग्रेस २१ सिटमा खुम्चिएर प्रतिपक्षमा पुगेको थियो ।
हिमाचल राज्यले अहिलेसम्म ६ मुख्यमन्त्री पाएको छ । तीमध्ये अधिकांश कांग्रेस समर्थित छन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया