ट्विटरको भेरिफाइड एकाउण्टबाट शुल्क लिने निर्णयबाट पछि हटे मस्क
काठमाडौं (एजेन्सी) । ट्विटरको भेरिफाइड एकाउण्ट (नीलो टिक लागेको) ले मासिक शुल्क तिर्नुपर्ने नियमबाट एलन मस्क पछि हटेका छन् ।
ट्विटरको स्वामित्व लिएको केही समयपछि मस्कले नयाँ नियम लागू गर्दै भेरिफाइड एकाउण्टले मासिक ८ डलर शुल्क तिर्नुपर्ने नियम बनाएका थिए । तर उनी यसबाट पछि हटेका छन् । ट्विटर स्वामित्वमा लिएपछि गरिएका महत्त्वपूर्ण निर्णयबाट मस्क पछि हटेको यो पहिलो घटना हो ।
मस्कले ब्लु टिकको लागि आठ डलरको सदस्यता बन्द गरिएको जनाएका छन् ।
एलोन मस्कले गत महिना ४४ बिलियन डलरमा ट्विटर किनेका थिए । त्यसयता उनले ट्विटरमा धेरै परिवर्तन गरिसकेका छन् ।
मस्कले हालै मात्र खर्च कटौतीका लागि हालै करिब ३ हजार ७०० कर्मचारी कटौती गरेका छन् । यो संख्या कम्पनीको आधा कर्मचारीबराबर हो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया