NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

आलिया र रणवीरकी छोरी भेट्न आफन्तले कोभिड परिक्षण गर्नुपर्ने, फोन लैजान मनाही

एजेन्सी । बलिउड अभिनेत्री आलिया भट्टले गत ६ नोभेम्बरमा छोरीलाई जन्म दिइन् । यतिबेला आलिया र अभिनेता रणवीर कपूरकी छोरीलाई हेर्नका लागि बलिउड सेलिब्रेटीको ताँती लागेको छ ।

तर, आफन्तजन र बलिउड सेलिब्रेटीले रणवीर र आलियाको छोरीलाई भेट्न जानका लागि केही नियम पालना गर्नुपर्ने हुन्छ । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार उनीहरू दुवैजना छोरीको स्वास्थ्यलाई लिएर निकै चनाखो छन् । स्वास्थ्यलाई ध्यानमा राखेर आफन्त र नजिकका इष्ट मित्रलाई कोरोना परीक्षण गरेरमात्रै छोरी हेर्न दिने नियम राखेका छन् । रिपोर्ट नेगेटिभ आएमा मात्रै उनीहरूले बच्चीलाई भेट्न पाउनेछन् । नवजात शिशुमा बिमारी र इन्फेक्सनको खतरा सबैभन्दा बढी हुनाले कपूर दम्पतीले खतरा मोल्न नचाहेका हुन् ।

त्यस्तै, उनीहरू अन्य नियम पनि राखेका छन् । जुन नियम सबैले अनिवार्य पालना गर्नुपर्नेछ । आलिया–रणवीरले अहिलेसम्म छोरीको अनुहार सार्वजनिक गरेका छैनन्। त्यसैले बच्चा भेट्न जाँदा फोन लिएर जान पनि प्रतिबन्धित छ । बच्चाको तस्विर लिक हुने खराबाट मुक्त हुन उनीहरूले यो नियम लागू गरेका हुन् ।