विश्वकप फाइनल : इंग्ल्यान्डले टस जित्यो, पहिले ब्याटिङ गर्दै पाकिस्तान
काठमाडौं । टी २० विश्वकप क्रिकेटको फाइनलमा इंग्ल्यान्डले पाकिस्तानविरुद्ध टस जितेर पहिले फिल्डिङ रोजेको छ ।
सेमिफाइलनमा पनि टस जितेर फिल्डिङ रोजेको इंग्ल्यान्डले १६९ रनको लक्ष्य विना विकेट ४ ओभर बाँकी हुँदा नै भेट्याएको थियो ।
मौसमले साथ नदिने आकलन गरिएको फाइनलको आजका मेलबर्नको अहिलेसम्मकाे मौसम सफा रहेको बताइएको छ । लक्ष्य पाएपछि आक्रामक ब्याटिङ गर्दा वर्षाले खेल रोके पनि डिएल मेथडमा फाइदा हुने बुझाई पनि इंग्ल्यान्डको रहेको देखिन्छ ।
भारतविरुद्ध चुनौतीपूर्ण लक्ष्य भेट्याएपछि इंग्ल्यान्डले पाकिस्तानविरुद्ध पहिले बलिङ रोजेको हो । दोस्रो इनिङमा ब्याटिङ गर्दा बल ब्याटमा आउने हुँदा पनि इंग्ल्यान्डले यस्तो निर्णय गरेको हुन सक्छ ।
पाकिस्तानका लागि कप्तान बाबर आजम र मोहम्मन रिजवानले ओपनिङ गर्नेछन् ।
यी दुईले पावरप्लेको ६ ओभरमा ६० रन कटाउन सके । पाकिस्तानले १८० माथिको चुनौती नदिएसम्म इंग्ल्यान्डलाई जित्न गाह्रो पर्ने देखिन्छ ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया