NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

फाइनलमा पाकिस्तानलाई पहिलो झट्का

काठमाडौं । टी २० विश्वकप क्रिकेटको फाइनलमा पहिले ब्याटिङ गरेको पाकिस्तानलाई पहिलो झट्का लागेको छ ।

४.२ ओभरमा मोहम्मद रिजवान इन्साइड एज लागेर आउट भएका हुन् । उनी १४ बलमा १५ रन बनाएर खेलिरहँदा साम कुरानको बलमा आउट भएका हुन् ।

यस अघिका खेलमा रिजवानले प्रभावशाली प्रदर्शन गर्दै आएका थिए । तर फाइनलमा उनी १५ रनभन्दा अघि बढ्न सकेनन् ।