पाकिस्तानले गुमायो दोस्रो विकेट
काठमाडौं । पाकिस्तानले टी २० विश्वकपको फाइनलमा दोस्रो विकेट पनि गुमाएको छ ।
४.१ ओभरमा मोहम्मद रिजवाको पहिलो विकेट गुमाएको पाकिस्तानले ७.१ ओभरमा महम्मद ह्यारिसको विकेट पनि गुमाएको हो । टस जितेर इंग्ल्यान्डले पाकिस्तानलाई पहिले ब्याटिङमा डाकेको हो ।
तर पावरप्लेको ६ ओभरमा पाकिस्तानले एक विकेट गुमाएर ३९ रनमात्रै बनाउन सक्यो । सातौं ओभरमा दोस्रो झट्का पनि बेहोर्यो । ह्यारिस १२ बलमा ८ रन बनाएर आउट भएका । उनको विकेट आदिल राशिदले लिएका हुन् ।
९ ओभरमा पाकिस्तानले दुई विकेट क्षतिमा ६० रन कटाएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया