पाकिस्तानलाई बाबरको विकेटको झट्का
काठमाडौं । पाकिस्तानले इंग्ल्यान्डविरुद्धको फाइनलमा तेस्रो विकेटको झट्का बेहोरेको छ । ११.१ ओभरमा पाकिस्तानले कप्तान बाबर आजमको विकेट गुमाएको हो । उनी २८ बलमा ३२ रन बनाएर आउट भएका हुन् ।
आदिल राशिदको बलमा बाबर कट एण्ड बोल्ड भएका हुन् । पाकिस्तानले ४.१ ओभरमा मोहम्मद रिजवाको पहिलो विकेट गुमाएको थियो । ७.१ ओभरमा महम्मद ह्यारिसको दोस्रो विकेट गुमाएको थियो ।
टस जितेर इंग्ल्यान्डले पाकिस्तानलाई पहिले ब्याटिङमा डाकेको हो । तर पावरप्लेको ६ ओभरमा पाकिस्तानले एक विकेट गुमाएर ३९ रनमात्रै बनाउन सक्यो ।
११ औं ओभरमा १६ रन बनाएको पाकिस्तानले १२ ओभरको पहिलो बलमै बाबरको विकेट गुमाएपछि कुनै पनि रन जोड्न सकेन ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया