NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

टी २० विश्वकप फाइनल : पाकिस्तानले इंग्ल्यान्डलाई दियो न्यून लक्ष्य

काठमाडौं । टी २० विश्वकप क्रिकेटको फाइनलमा पाकिस्तानले इंग्ल्यान्डलाई न्यून लक्ष्य दिएको छ ।

२० ओभरमा ८ विकेट गुमाउँदै पाकिस्तानले १३८ रनको न्यून लक्ष्य दिएको हो ।

पाकिस्तानका लागि शान मसूदले २८ बलमा सर्वाधिक ३८ रन बनाए ।

बाबर आजमले २८ बलमा ३२ रन बनाउँदा साधव खानले १४ बलमा २० बनाए । ओपनर महम्मद रिजवानले १४ बलमा १४ रन बनाए ।

महम्मद ह्यारिसले १२ बलमा ८ रन बनाउँदा इफ्तिाखार अहमेदले ६ बलमा एक रन पनि बनाउन सकेनन् ।

अन्तिम चार ओभरमा पाकिस्तानले १८ रन मात्रै बनाउँदा ४ विकेट गुमाउन पुग्यो । जसले गर्दा पाकिस्ताने १५० रन पनि कटाउन सकेन ।

अब कसिलो बलिङ गरे मात्रै पाकितास्तान उपाधिमा फर्किन सक्छ । अन्यथा सात पनि नरहेको रनरेटमा खेल्न इंग्ल्यान्डलाई कुनै दबाब नहुने देखिन्छ ।

पाकिस्तानलाई सस्तैमा समेट्न इंग्ल्यान्डका लागि साम कुरानले ४ ओभरमा १२ रन दिएर ३ विकेट लिए । आदिल राशिदले ४ ओभरमा २२ रन दिएर २ विकेट लिए ।

क्रिश जोर्डनले ४ ओभरमा २७ रन दिएर २ विकेट नै लिए ।