टी २० विश्वकप फाइनल : पाकिस्तानले इंग्ल्यान्डलाई दियो न्यून लक्ष्य
काठमाडौं । टी २० विश्वकप क्रिकेटको फाइनलमा पाकिस्तानले इंग्ल्यान्डलाई न्यून लक्ष्य दिएको छ ।
२० ओभरमा ८ विकेट गुमाउँदै पाकिस्तानले १३८ रनको न्यून लक्ष्य दिएको हो ।
पाकिस्तानका लागि शान मसूदले २८ बलमा सर्वाधिक ३८ रन बनाए ।
बाबर आजमले २८ बलमा ३२ रन बनाउँदा साधव खानले १४ बलमा २० बनाए । ओपनर महम्मद रिजवानले १४ बलमा १४ रन बनाए ।
महम्मद ह्यारिसले १२ बलमा ८ रन बनाउँदा इफ्तिाखार अहमेदले ६ बलमा एक रन पनि बनाउन सकेनन् ।
अन्तिम चार ओभरमा पाकिस्तानले १८ रन मात्रै बनाउँदा ४ विकेट गुमाउन पुग्यो । जसले गर्दा पाकिस्ताने १५० रन पनि कटाउन सकेन ।
अब कसिलो बलिङ गरे मात्रै पाकितास्तान उपाधिमा फर्किन सक्छ । अन्यथा सात पनि नरहेको रनरेटमा खेल्न इंग्ल्यान्डलाई कुनै दबाब नहुने देखिन्छ ।
पाकिस्तानलाई सस्तैमा समेट्न इंग्ल्यान्डका लागि साम कुरानले ४ ओभरमा १२ रन दिएर ३ विकेट लिए । आदिल राशिदले ४ ओभरमा २२ रन दिएर २ विकेट लिए ।
क्रिश जोर्डनले ४ ओभरमा २७ रन दिएर २ विकेट नै लिए ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया