बलिउडमा फिल्म चल्न छोडेपछि पारिश्रामिक घटाउन अक्षय तयार

एजेन्सी । बलिउड अभिनेता अक्षय कुमारले फिल्मको उत्पादन मूल्य घटाउनका लागि आफ्नो पारिश्रामिक ४० प्रतिशतले कटौती गर्न तयार भएको बताएका छन् ।
पछिल्लो समय बलिउड फिल्मले दर्शक तान्न नसकिएको विषयमा बहस चलिरहेको छ । जसमा अधिकांश कलाकारहरूले फिल्मको टिकेट मूल्य घटाइनुपर्ने तर्क गर्दै आएका छन् । अक्षयले भने पहिलोपटक पारिश्रामिक कटौतीको विषय उठाएका हुन् ।
अक्षयले दर्शकलाई फेरि हलसम्म पहिलाकै स्वरूपमा आकर्षित गर्नका लागि के गर्ने भन्नेबारे बताएका छन् । त्यस्तै, उनले फिल्मको उत्पादन मूल्य घटाउनुपर्ने र कलाकारहरूको पनि पारिश्रामिकमा कटौती गर्नुपर्ने बताएका हुन् ।
हिन्दुस्तान टाइम्स लिडरसिप समिटमा बोल्दै उनले बलिउड फिल्म उद्योगले अब दर्शकलाई हलसम्म ल्याउनका लागि सुरूदेखि काम गर्नुपर्ने बताए ।
उक्त कार्यक्रममा हिन्दी फिल्मले बक्स अफिसमा राम्रो गर्न नसक्नुको प्रश्नमा फिल्म उद्योगले गलत गरिरहेको विषय उठाए । उनले भने, ‘मलाई के लाग्छ भने, हाम्रा दर्शकहरूले केही नयाँ विषय चाहन्छन् । परिवेश पनि फेरिएको छ । त्यसैले अब हामीले दर्शकले चाहेको विषयमा ध्यान दिनुपर्छ । कोभिड महामारी पछि दर्शकको फिल्म प्रतिको चाहना फेरिएको छ । अब यसबारे सोच्नुपर्छ । मलाई पनि फरक तरिकाले काम गर्न मन छ । ’
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया