NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

‘हेरा फेरी ३’ मा यसकारण अक्षयले काम नगर्ने

एजेन्सी । बलिउडको चर्चित फिल्म हेरा फेरीको भाग तीन बन्ने भएको छ । हेरा फेरी फ्रेन्चाइज बलिउडमा चर्चितमध्येमा पर्छ । फिल्मको दुबै भागमा अभिनेता अक्षय कुमार, परेश रावल र सुनिल शेट्टीलाई दर्शकले सर्वाधिक रूचाएका थिए । तेस्रो भाग पनि बन्ने पक्का भएपछि खुशी भएका दर्शक फिल्ममा अक्षयको ठाउँमा कार्तिक आर्यन हुने भएपछि खिन्न भएका छन् ।

परेश रावलले हालै ट्वीटरमार्फत हेरा फेरी ३ बन्ने र त्यसमा अक्षयको ठाउँमा कार्तिक आर्यनलाई राख्ने पक्का भएको जानकारी दिएका हुन् । त्यसयता ट्वीटमा नो अक्षय, नो हेरा फेरी ट्रेण्ड चलिरहेको छ । अक्षय बिना हेरा फेरी ३ फ्लप हुने पनि अधिकांशले अड्कल काटिरहेका छन् । समाजिक सञ्जालमा चलेको उक्त ट्रेण्ड हेर्ने हो भने दर्शकले कार्तिकलाई देख्न नचाहेको देखिन्छ ।

हिन्दुस्तान टाइम्सको समिटमा पुगेका अक्षयले यससँग जोडिएको प्रश्नमा जवाफ दिएका छन् । उनले फिल्मको स्क्रिनप्ले र स्क्रिप्ट आफूलाई चित्त नबुझेको बताएका छन्।

‘म हेरा फेरीको हिस्सा रहिसकेको छु । यो फिल्मसँग धेरै व्यक्तिको याद जोडिएको छ र मसँग पनि यसको राम्रा सम्झना छन् । तर, यत्तिका वर्ष पनि हामीले तेस्रो भाग बनाउन नसकेको दुःख लाग्छ,’ उनले भने, ‘मलाई फिल्मको तेस्रो भागको लागि अफर आएको थियो । तर, म फिल्मको स्क्रिनप्ले र स्क्रिप्टबाट सन्तुष्ट भइनँ । त्यसैले फिल्मबाट बाहिरिएँ ।’