‘हामीलाई जिताए मंगल ग्रहबाट घरघरमा ग्यास !’
काठमाडौं । निर्वाचनमा आफ्ना उम्मेदवारलाई विजयी गराए आगामी पाँच वर्षभित्र मंगल ग्रहबाट पाइपलाइन ल्याएर घरघरमा जडान गरिने प्रतिबद्धता जनाइएको छ । त्यस्तै, जंगलमा भ्यू टावर बनाइदिएर जंगल नै भ्युटावरमय बनाइदिने, खोलामा मात्र होइन, खेतखेतमा पनि पुल बनाइदिने र मंगल ग्रहमा धान रोप्ने व्यवस्था मिलाउने वाचा गरिएको छ ।
भक्तपुरमा आइतबार मञ्चन गरिएको निर्वाचनकेन्द्रित नाटक चुनावदेखि चुनावसम्ममा खोया पार्टीले यो प्रतिबद्धता जनाएको हो । आममतदातामाझ जनचेतना जगाउने उद्देश्यले तयार यस नाटकका पात्र नेता र पार्टीले आफ्ना उम्मेदवारलाई चुनाव जिताउन भन्दै असम्भव सपना देखाएर राजनीतिक दलहरूलाई व्यंग्य गरेका हुन् ।
चुनावमा राजनीतिक दलहरूले जनतालाई ठूला आश्वासन र असम्भवप्रायः सपना देखाएको तर पूरा नगरेको विषयमा नाटक केन्द्रित छ ।
नाटक कुनै वाद र विचारबाट प्रभावित छैन । नाटकले कुनै पार्टीको पक्ष लिएको पनि छैन । नाटकका पात्र स्वतन्त्र उम्मेदवार पनि कसैको पक्ष–विपक्षमा छैन । राजनीतिक दलहरूले गरेका वाचा र जनताका वास्तविक अवस्था नाटकका माध्यमबाट देखाउन खोजिएको छ । कलाका माध्यमबाट मतदातालाई सचेत र जागरुक बनाउने उद्देश्यले नाटक प्रदर्शन गरिउको जनाइएको छ, आजको नागरिक दैनिकमा खबर छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया