टर्कीको व्यस्त किनमेल क्षेत्रमा विस्फोट, ६ को मृत्यु, ५३ घाइते
काठमाडौं (एजेन्सी) । टर्कीको इस्तानबुल सहरको व्यस्त किनमेल क्षेत्रमा विस्फोट हुँदा छ जनाको मृत्यु भएको छ भने ५३ जना घाइते भएका छन् ।
स्थानीय गभर्नरले ट्वीट गर्दै मृतकको संख्या जानकारी दिएका छन् ।
स्थानीय सञ्चारमाध्यमले यसअघि १० जना घाइते भएको जानकारी दिएका थिए । यो विस्फोटको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
टर्कीका अधिकारीहरूले अहिलेसम्म विस्फोटको कारण पुष्टि गरेका छैनन्।
टर्कीका राष्ट्रपति रेसेप तैयप अर्दोआनले दोषीलाई नछाड्ने बताएका छन् ।
विष्फोटपछि आपतकालीन सेवाका मानिसहरु विष्फोटस्थलतर्फ द्रुत गतिमा अघि बढेको देखिन्छ । इस्तानबुलका गभर्नर अली येर्लिकायाले स्थानीय समय अनुसार दिउँसो ४ः२० बजे इस्तिकलाल स्ट्रिटमा विस्फोट भएको बताए ।
यसअघि उनले यस घटनामा धेरैको ज्यान गएको र कैयन घाइते भएको बताएका थिए । तर उनले विस्तृत विवरण भने दिएनन् ।
बीबीसीको टर्की सेवाले घटनास्थललाई अहिले घेराबन्दी गरिएको जनाएको छ। टीआरटी र अन्य सञ्चारमाध्यमका रिपोर्टमा विस्फोट भएको क्षेत्रमा सामान्य दिनजस्तै भीडभाड भएको बताइएको छ ।
विष्फोट हुँदा पसलमा ठूलो संख्यामा पर्यटक र व्यापारी थिए । यहाँ धेरै मानिसहरु आफ्नो परिवारसँग घुम्न आएका थिए ।
ताजा अपडेट
-
जन्तरमन्तरमा सुरक्षा कडा, दिल्लीका १६ मेट्रो स्टेशन बन्द
-
देशका विभिन्न स्थानमा सात वटा राजमार्ग तथा सडक खण्ड अवरुद्ध
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा शुल्क छुट, विदेशी वायुसेवा कम्पनी आकर्षित गर्ने प्रयास
-
विश्वकप लिग-२ : जित्नै पर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै
-
‘साउन १ गतेदेखि बर्डफ्लुको संक्रमण देखिएको छैन’ : पशु सेवा विभाग


प्रतिक्रिया