NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

नयाँ टक शो ल्याउँदै ब्रेकअपको हल्ला चलाइएका सानिया र मलिक

काठमाडौं । भारतीय टेनिस स्टार सानिया मिर्जा र उनका पति पाकिस्तानी क्रिकेटर शोएब मलिक एक टक शो होस्टका रूपमा प्रस्तुत हुने भएका छन् ।

विगतमा धेरै मिडिया रिपोर्टमा यो जोडीको ब्रेकअप भएको दाबी गरिएको थियो । एक हप्ताअघि मात्रै पाकिस्तानी सञ्चारमाध्यमका रिपोर्टहरूमा लेखिएको थियो- यो जोडी आफ्नो वैवाहिक जीवनको कठिन मोडबाट गुज्रिरहेको छ ।

तर नयाँ टक शो घोषणासँगै यी सबै दाबी अफवाहमा परिणत भएका छन् ।

समाचारमा जनाइअनुसार, यो जोडीको टक शो पाकिस्तानी च्यानल उर्दूफ्लिक्स अफिसियलबाट प्रसारण गर्ने तयारी गरिएको छ ।

यो च्यानलले आफ्नो इन्स्टाग्राम पेजमा सानिया मिर्जा र शोएब मलिक रहेको टक शोको पोस्टर सार्वजनिक गरेको छ ।

पोस्टमा लेखिएको छ, ‘मिर्जा–मलिक शो छिट्टै मात्र उर्दूफ्लिक्समा आउँदैछ।’

सानिया मिर्जा र शोएब मलिकले सन् २०१० मा विवाह गरेका थिए । त्यसपछि उनीहरू दुबई बस्दै आइरहेका थिए । सन् २०१८ मा उनीहरूले छोरा इजहानलाई जन्म दिएका थिए ।