नयाँ टक शो ल्याउँदै ब्रेकअपको हल्ला चलाइएका सानिया र मलिक
काठमाडौं । भारतीय टेनिस स्टार सानिया मिर्जा र उनका पति पाकिस्तानी क्रिकेटर शोएब मलिक एक टक शो होस्टका रूपमा प्रस्तुत हुने भएका छन् ।
विगतमा धेरै मिडिया रिपोर्टमा यो जोडीको ब्रेकअप भएको दाबी गरिएको थियो । एक हप्ताअघि मात्रै पाकिस्तानी सञ्चारमाध्यमका रिपोर्टहरूमा लेखिएको थियो- यो जोडी आफ्नो वैवाहिक जीवनको कठिन मोडबाट गुज्रिरहेको छ ।
तर नयाँ टक शो घोषणासँगै यी सबै दाबी अफवाहमा परिणत भएका छन् ।
समाचारमा जनाइअनुसार, यो जोडीको टक शो पाकिस्तानी च्यानल उर्दूफ्लिक्स अफिसियलबाट प्रसारण गर्ने तयारी गरिएको छ ।
यो च्यानलले आफ्नो इन्स्टाग्राम पेजमा सानिया मिर्जा र शोएब मलिक रहेको टक शोको पोस्टर सार्वजनिक गरेको छ ।
पोस्टमा लेखिएको छ, ‘मिर्जा–मलिक शो छिट्टै मात्र उर्दूफ्लिक्समा आउँदैछ।’
सानिया मिर्जा र शोएब मलिकले सन् २०१० मा विवाह गरेका थिए । त्यसपछि उनीहरू दुबई बस्दै आइरहेका थिए । सन् २०१८ मा उनीहरूले छोरा इजहानलाई जन्म दिएका थिए ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया