हारजित इंग्ल्याण्ड र पाकिस्तानको, कुटाकुट विद्यार्थीको !

काठमाडौं (एजेन्सी) । आईसीसी टी–२० विश्वकप फाइनल खेल हेरिरहेका पञ्जाबको मोगास्थित एक कलेजका विद्यार्थीहरूको दुई समूहबीच झडप भएको छ ।
समाचार एजेन्सी पीटीआईले पाकिस्तान र इङ्ल्यान्डबीचको फाइनलमा इङ्ल्यान्डको जितपछि बिहार र कश्मीरका विद्यार्थीहरूबीच भिडन्त भएको जनाएको छ । झडपमा केही विद्यार्थीलाई सामान्य चोट लागे पनि कुनै अप्रिय क्षति भने नभएको बताइएको छ ।
समाचारमा जनाइएअनुसार मोगाको इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट कलेजका विद्यार्थीहरू सँगै बसेर खेल हेरिरहेका थिए । खेलमा पाकिस्तानको हारपछि बिहार र कश्मीरका विद्यार्थीहरूबीच बहस भएको थियो । केहीबेरमा बहस झगडामा परिणत भयो र दुवै पक्ष कुटाकुटमा उत्रिए । त्यसक्रममा दुवै समूहले एकअर्कालाई ढुंगा र इँटा प्रहार गरेका थिए । विद्यार्थीबीच झडपका धेरै भिडियो भाइरल भएका छन् । जसमा विद्यार्थीले एकअर्कालाई इँटा र ढुंगा हानेको देख्न सकिन्छ ।
अहिले उक्त कलेज प्रहरीको निगरानीमा रहेको र सम्पूर्ण घटनाको अनुसन्धान भइरहेको जनाइएको छ ।
ताजा अपडेट
-
राष्ट्र बैंकले बढायो सेयर धितो कर्जाको सीमा, १५ करोडबाट २५ करोड पुग्यो
-
समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्रीको आग्रह
-
राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै
-
चितवनका २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुबानको जोखिममा
-
सबै मिलेर उद्यमशीलताबाट समृद्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री ओली
प्रतिक्रिया