पहिलो एकदिवसीय सिरिज : नेपालविरुद्ध युएईको बलियो सुरुवात
काठमाडौं । नेपालविरुद्धको पहिलो एक दिवसीय सिरिजमा युएईले नेपालविरुद्ध बलियो सुरुवात गरेको छ । २० ओभरको खेल सकिंदा युएईले ९८ रन बनाएर २ विकेट मात्रै गुमाएको छ ।
युएईको लागि महम्मद वसिमले ४४ रन बनाए ।
भ्रित्य अरविन्द ३१ रन बनाएर खेलिरहेका छन् । कप्तान रिजवान भने २ रनमै आउट भए ।
रोहन मुस्तफा र अरविन्द अहिले स्ट्राइकमा छन् । उनी ८ रन बनाएर खेलिरहेका छन् ।
नेपालका लागि दुवै विकेट गुल्सन झाले लिएका छन् ।
खेलमा नेपालले टस जितेर बलिङ राेजेकाे थियाे ।
नेपालविरूद्द तीन एकदिससीय सिरिज खेल्न युएई नेपाल भ्रमणमा छ ।
अर्जुन साउद र हरिशंकर नेपालीले नेपालका लागि डेब्यु गरेका छन् ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया