NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ६ गते

सुनचाँदीको मूल्य सामान्य घट्यो

काठमाडाैं । आइतबार ६ सय रूपैयाँ बढेको सुनको मूल्य सोमबार एक सय रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९७ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार तीन सय तोकिएको थियो ।

आज तेजाबी सुनको मूल्य प्रतितोला  ९६ हजार सात सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला  ९६ हजार ८ सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ५ रूपैयाले घटेर एक हजार २९५ रूपैयाँ तोकिएको महासंघले जनाएको छ । आइतबार चाँदी तोलामा एक हजार ३०० रूपैयाँ तोकिएको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष