NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते
सन्दर्भ

यी खानेकुरा जुन मधुमेहका बिरामीका लागि लाभदायक छन्

काठमाडौं । पछिल्लो समय विश्वभर मधुमेहका बिरामी बढ्दै गएका छन् । विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार विश्वभरका ४२ करोड २० लाखभन्दा बढी मानिस यस गम्भीर स्वास्थ्य समस्याबाट गुज्रिरहेका छन् ।

मधुमेहबाट प्रभावित हुनेको संख्या नेपालमा पनि उत्तिकै छ ।  खानपान, जीवनशैलीलगायत पाटोमा ध्यान नदिँदा मधुमेहका बिरामी बढ्दै गएको चिकित्सकहरू बताउँछन् ।

मधुमेहको रोकथामका लागि जीवनशैली सुधार गर्नुपर्ने हुन्छ । त्यसो त खानपानमा  पनि उत्तिकै ध्यान दिनुपर्ने चिकित्सकहरू सुझाउँछन् ।

१४ नोभेम्बरलाई विश्व मधुमेह दिवसका रूपमा मनाउने गरिएको छ । यो दिन विभिन्न जनचेतनामूलक कार्यक्रम पनि गरिन्छ । तर एक दिनको सचेतना र सावधानीले मात्र मधुमेह नियन्त्रण हुँदैन । यसका लागि दिनहुँ हरेक मानिस सजग र सचेत हुनुपर्छ ।

खानेकुरामा ध्यान नदिँदा मधुमेहका बिरामीमा जटिलता उत्पन्न हुने भएकाले यसमा विशेष चनाखो हुनुपर्ने चिकित्सकहरू बताउँछन् । केही खानेकुरामा पौष्टिक तत्वसँगै औषधीय गुण पनि भएकाले त्यसलाई उपभोग गर्न चिकित्सकहरूले सुझाव दिने गरेका छन् ।

के हुन् त त्यस्ता खानेकुरा ? आउनुहोस् यसबारे जानौं :

हरियो पत्तेदार तरकारी

हरियो सागसब्जीको सेवन मधुमेहका बिरामीका लागि फाइदाजनक हुन्छ । हरियो सागसब्जी पोषणले भरिपूर्ण हुन्छ र यसमा क्यालोरी कम हुन्छ। यस्ता पौष्टिक तरकारीलाई आहारमा समावेश गर्न स्वास्थ्य विज्ञहरुले सुझाव दिएका छन् । धेरै भिटामिन र खनिजहरू केरा र पातदार सागहरूमा पाइन्छ, भिटामिन सी सहित। हरियो सागसब्जीले रगतमा चिनीको मात्रा बढ्न नदिने काम गर्छ ।

अण्डा

अण्डा मधुमेह रोगीका लागि फाइदाजनक हुन्छ । अण्डाको सेवनले शरीरमा सूजन कम हुनुका साथै इन्सुलिनको संवेदनशीलतामा पनि सुधार गर्छ। एक अध्ययनअनुसार बिहानको खाजामा अण्डाको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ । अण्डाले शरीरमा प्रोटिनको आवश्यकता सजिलै पूरा गर्न सक्छ ।

बदम पनि उत्तिकै लाभदायक

एक अनुसन्धानका अनुसार बदामले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न सक्छ । त्यसैले चिकित्सकहरूले आफ्नो आहारमा बदाम समावेश समावेश गर्न सुझाउने गरेका छन् । मधुमेहका बिरामीहरूमा गरिएको एक अध्ययनले बदाम खाँदा रगतमा चिनीको मात्रा कम हुने देखाएको छ ।

भिंडी

तरकारीमा भेंडीको सेवन स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ । भिंडी एन्टिअक्सिडेन्ट, पोलिसाकराइड्स र फ्लेभोनोइड्सको समृद्ध स्रोत हो, जसले रगतमा चिनीको मात्रा घटाउन मद्दत गर्छ। भिण्डीमा एन्टिबायोटिक गुण पनि हुन्छ । एक महिनासम्म दैनिक भिंडी खाँदा रगतमा चिनीको मात्रा कम हुन्छ