युएईले कटायो दुई सय रन

काठमाडौं । नेपालविरुद्धको पहिलो एकदिवसीय खेलमा युएईले दुई सय रन कटाएको छ । ४२ ओभरमा ४ विकेट गुमाएर युएईले दुई सय रन कटाएको हो ।
यही अनुपातमा रन बनाए नेपाललाई युएईले २५० माथिको लक्ष्य दिने देखिन्छ । जुन नेपालको लागि कठिन पनि पर्न सक्नेछ ।
किनकी नेपालको जहिल्यै पनि ब्याटिङ कमजोर देखिंदै आएको छ । गुल्सन झाले २, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले एकएक विकेट लिएका छन् ।
युएईको लागि महम्मद वसिमले ४४ रन बनाए ।
भ्रित्य अरविन्द ४० रन बनाएर खेलिरहेका छन् । कप्तान रिजवान भने २ रनमै आउट भए ।
रोहन मुस्तफाले ५३ रन बनाए ।
नेपालविरूद्द तीन एकदिससीय सिरिज खेल्न युएई नेपाल भ्रमणमा आएको हो ।
पहिलो खेलबाटै अर्जुन साउद र हरिशंकर नेपालीले नेपालका लागि डेब्यु गरेका छन् ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया