युएईले दियो नेपाललाई २६४ रनको लक्ष्य

काठमाडौं । युएईले पहिलो एक दिवसीय क्रिकेटमा नेपाललाई २६४ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । निर्धारित ५० ओभरमा युएईले ७ विकेट गुमाउँदै नेपाललाई २६४ रनको चुनौतीपूर्ण लक्ष्य दिएको हो ।
अन्तिम ५ ओभरमा मात्र युएईले ४९ रन बनायाे ।
नेपाललाई चुनौतीपूर्ण लक्ष्य दिने क्रममा युएईका लागि रोहन मुस्तफाले सर्वाधिक ५३ रनको योगदान दिए । महम्मद वसिमले ४४ रन बनाए ।
भ्रित्य अरविन्द४० रन बनाए । अलिसान सराफुले २९ रन बनाए । आयान अजिज खानले २६ रनको योगदान गरे । अहमेद राजाले २७ रन बनाए । नेपालले अतिरिक्त २७ रन दियो ।
नेपालका लागि गुल्सन झाले २, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान एक–एक विकेट लिए ।
नेपालविरूद्द तीन एकदिससीय सिरिज खेल्न युएई नेपाल भ्रमणमा आएको हो । पहिलो खेलबाटै अर्जुन साउद र हरिशंकर नेपालीले नेपालका लागि डेब्यु गरेका छन् ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया