NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २७ गते

नेपाल युएईसँग ८४ रनले पराजित

काठमाडौं । नेपाल युएईविरुद्धको पहिलो एकदिवसीय खेलमा पराजित भएको छ । २६४ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ८४ रनले पराजित भएको हो । नेपालले पनि पूरै ५० ओभर खेल्दा ९ विकेट गुमाएर १७९ रनमात्रै बनाउन सक्यो ।

५० ओभरमा युएईले ७ विकेट गुमाएर २६३ रनको लक्ष्य दिएको थियो । तर नेपालका लागि अर्जुन साउदले डेब्यु खेलमै प्रहार गरेको अर्धशतक र दीपेन्द्रसिंह ऐरीको अर्धशतकका बाबजुद पनि नेपाल जितनजिक पनि पुग्न नसकेको हो ।

दुई खेलाडीको अर्धशतकबाहेक गुल्सन झाको १९ रन नै उच्च रह्यो । अरु ब्याटरले त्योभन्दा कम मात्रै रन बनाउन सके । कप्तान भएको खेलमा रोहित पौडेलले ५ बलमा एक रनमात्रै बनाए ।

आशिफ शेखले १२ रन बनाउँदा ज्ञानेन्द्र मल्ल २ बलमा कुनै रन नजोडी आउट भए ।

युएईका लागि रोहन मुस्तफाले ५३, महम्मद वसिमले ४४, भ्रित्य अरविन्दले ४० एलिसन सराफुले २९, अहमेद राजाले २६, ऐयान अफजल खानले २६ रन बनाए । नेपालले २७ अतिरिक्त रन दियो ।

बलिङतर्फ ऐयान अफजले १० ओभरमा ४ मेडन राख्दै १४ रन दिएर चार विकेट लिए । बसिद हामिदले २ विकेट लिए ।

तीन एक दिवसीय सिरिज खेल्न युएई नेपाल भ्रमणमा आएको हो ।

ताजा अपडेट

नेपालवाच विशेष