नेपाल युएईसँग ८४ रनले पराजित
काठमाडौं । नेपाल युएईविरुद्धको पहिलो एकदिवसीय खेलमा पराजित भएको छ । २६४ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ८४ रनले पराजित भएको हो । नेपालले पनि पूरै ५० ओभर खेल्दा ९ विकेट गुमाएर १७९ रनमात्रै बनाउन सक्यो ।
५० ओभरमा युएईले ७ विकेट गुमाएर २६३ रनको लक्ष्य दिएको थियो । तर नेपालका लागि अर्जुन साउदले डेब्यु खेलमै प्रहार गरेको अर्धशतक र दीपेन्द्रसिंह ऐरीको अर्धशतकका बाबजुद पनि नेपाल जितनजिक पनि पुग्न नसकेको हो ।
दुई खेलाडीको अर्धशतकबाहेक गुल्सन झाको १९ रन नै उच्च रह्यो । अरु ब्याटरले त्योभन्दा कम मात्रै रन बनाउन सके । कप्तान भएको खेलमा रोहित पौडेलले ५ बलमा एक रनमात्रै बनाए ।
आशिफ शेखले १२ रन बनाउँदा ज्ञानेन्द्र मल्ल २ बलमा कुनै रन नजोडी आउट भए ।
युएईका लागि रोहन मुस्तफाले ५३, महम्मद वसिमले ४४, भ्रित्य अरविन्दले ४० एलिसन सराफुले २९, अहमेद राजाले २६, ऐयान अफजल खानले २६ रन बनाए । नेपालले २७ अतिरिक्त रन दियो ।
बलिङतर्फ ऐयान अफजले १० ओभरमा ४ मेडन राख्दै १४ रन दिएर चार विकेट लिए । बसिद हामिदले २ विकेट लिए ।
तीन एक दिवसीय सिरिज खेल्न युएई नेपाल भ्रमणमा आएको हो ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया