जाडोमा छालामा देखिने समस्याबाट बच्न के गर्ने ? (भिडियो रिपाेर्ट)

काठमाडौं । जाडो मौसमसँगै चिसाेमा वायुको आर्द्रता घट्छ । जसले हाम्रो छाला सुख्खा बनाउँछ । उक्त सुख्खापनका कारण छालामा कत्ला देखिने, चिलाउने, हातखुट्टा फुुट्ने, चाँयापोतो बढ्ने, औला निलो तथा रातो भएर सुन्निने, सोरियासिस र एक्जिमा बढ्ने, पर्निओसिस, कपालमा चाया पर्ने जस्ता समस्या बढी मात्रामा देखा पर्छन ।
छालामा आउने यस्ता समस्याबाट बच्न छाला सुुख्खा हुनबाट जोगाउनुपर्छ । यसको लागि जाडोमा छालालाई विशेष हेरचाह गर्नु जरुरी हुुन्छ । जाडो महिनामा हामी नुहाउन तातो पानीको प्रयोग गर्छौ । धेरै तातो पानीले नुहाउँदा छालालाई झन् सुख्खा बनाउँछ । तातोे पानीले नुहाउने बित्तिकै शरीरमा क्रिम अथवा लोसन लगाउनुपर्छ । यसको विकल्पमा हामीले नरिवलको तेलको पनि प्रयोग गर्न सक्छौं ।
त्यस्तै, मुख धुँदा नरम फेसवास प्रयोग गर्ने, छालालाई सुख्खापनबाट बचाउन छाला अनुसार मोइस्चराइजर, ग्लिसरिन तथा नरिवलको तेल लगाउने गर्नुुपर्छ । यसले छालामा सुख्खापन आउन दिँदैन । जाडोको समय घाम ताप्ने बानी हुन्छ । घाम ताप्नु राम्रो भए पनि यसले छालामा समस्या ल्याउँछ । घाममा युभी ‘ए’ र ‘बी’ विकिरण हुन्छ जसले छालालाई बिगार्छ भने चाउरिपना, दाग धब्बा, चायापोतो जस्ता समस्या निम्त्याउने गर्छ । यसको लागि घामबाट बच्न सनस्क्रिनको प्रयोग गर्नुपर्छ । सनस्क्रिन छनोट गर्न विशेषज्ञको परामर्श आवश्यक हुन्छ । जाडोमा विशेष ध्यान दिनुुपर्ने मोइस्चराइजरको प्रयोग नै हो । मोइस्चाइजर नभए नरिवल अथवा जैतुनकाे तेल भए पनि छालामा लगाउन मिल्छ ।
जाडोमा धेरैले हिटर तथा एसीको प्रयोग गर्छन् तर छालाको लागि यसको ताप राम्रो मानिंदैन । हिटरको रापले छाला कालो बनाउने तथा सुुख्खा हुने समस्या हुुन्छ । त्यसैले हिटर ताप्दा नजिकबाट ताप्नुु हुुँदैन । चिसाे माैसममा खानपानमा विशेष ध्यान दिने गर्नुपर्छ खानपिन राम्रो गर्दा छालाका धेरै समस्याबाट छुटकारा पाइन्छ भने यसले छालालाई स्वस्थ राख्नसमेत मद्दत गर्छ । चिसोकाे समय शरीरमा पानीको मात्रा बढाउन जरुरी हुन्छ यसको लागि प्रशस्त पानी पिउने गर्नुपर्छ यसै गरी, फलफूल तथा हरियोसाग सब्जी, झोलिलो खानेकुरा, भिटामिन सियुक्त खानेकुरामा जोड दिँदा यस्ता समस्याबाट बच्न सकिन्छ ।
जाडोमा बाक्लो कपडा लगाइन्छ । यस्तो कपडाले छालामा एलर्जी आउन सक्छ । त्यसैले यस्ता कपडा लगाउनुुपूूर्व शरीरमा लोसन लगाउने गर्नुपर्छ । बाक्लो कपडा लगाउँदा भित्रपट्टि सुुतिको कपडा लगाउँदा एलर्जी हुने जोखिम हुँदैन । सुुतिको कपडाले चिलाउने समस्या कम गर्छ । छालामा समस्या आउँदा मोबाइल हेरेर आफैंले घरमा उपचार विधि अपनाउनुु हुुँदैन । यसले छालामा थप समस्या ल्याइदिन सक्छ ।
जाडोमा बच्चाहरूमा भने गाला रातो हुने तथा फुटने, कपालमा चाया पर्ने समस्या देखिने गर्छ, बालबालिकालाई यस्तो समस्याबाट जोगाउन हामीले बच्चाको छाला चिल्लो राख्नुपर्ने हुुन्छ । जाडोमा बच्चाको टाउकोमा चाया बढ्ने गर्छ । चाया कम गर्न बच्चाको टाउकोमा तेल तथा टोपी कम लगाइदिनुपर्छ । धेरै तेल र टोपी लगाउँदा उनीहरूको टाउको गुम्सिने जान्छ र चाया झन बढ्उँछ ।
छालाको समस्या के हो ? यसबाट कसरी बँच्ने ? विशेषज्ञ डाक्टरसँग नेपालवाचकर्मी सलिना ढुंगेलले गरेको कुराकानी :
प्रतिक्रिया