मतदानबाट वञ्चित हुँदै २२ प्रतिशत कर्मचारी र सुरक्षाकर्मी

काठमाडौं । आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा २२ प्रतिशत कर्मचारी र सुरक्षाकर्मी मतदानबाट वञ्चित हुने भएका छन् । यो निर्वाचनमा समानुपातिकतर्फ सरकारी कर्मचारी र सुरक्षाकर्मीलाई मत जाहेर गर्ने प्रबन्ध मिलाइएको छ ।
निर्वाचन आयोगको तथ्यांकअनुसार निर्वाचनमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा खटिने सुरक्षाकर्मी र कर्मचारीको संख्या पाँच लाख ७६ हजार ६ सय ३१ छ । जसमध्ये चार लाख ४८ हजारको नामावली मात्रै अस्थायी मतदाता नामावलीमा समावेश भएको आयोगको भनाइ छ ।
यो कुल संख्याको ७७.६९ प्रतिशत हो । अर्थात् निर्वाचनमा खटिएकामध्ये २२.३८ प्रतिशत अर्थात् एक लाख २८ हजार ६ सय ३१ सुरक्षाकर्मी र कर्मचारी मतदान गर्नबाट वञ्चित हुनेछन् । किनकि, उनीहरूको नाम नै अस्थायी मतदाता नामावलीमा समावेश छैन ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया