बाइडनलगायत विश्वका शीर्ष नेता भेटेका कम्बोडियाका प्रधानमन्त्रीलाई कोरोना
काठमाडौं । कम्बोडियाका प्रधानमन्त्री हुन सेनलाई कोरोनाभाइरस संक्रमण भएको छ । विश्वका औद्योगिक राष्ट्रहरूको संगठन जी २० शिखर सम्मेलनमा सहभागी हुन इण्डोनेसियाको बालीमा रहेका उनलाई मंगलबार कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।
उनले सामाजिक सञ्जालमार्फत आफू कोभिड–१९ बाट संक्रमित हुन पुगेको जनाएका छन् ।
आइतवार सम्पन्न भएको दक्षिणपूर्वी एसियाली राष्ट्रहरू (आसियान) शिखर सम्मेलनको आयोजक कम्बोडिया थियो। त्यसक्रममा उनले अमेरिकी राष्ट्रपति जो बाइडनलगायत विश्वका धेरै देशका शीर्ष नेतासँग भेटवार्ता गरेका थिए ।
कोरोना संक्रमित भएपछि सेनले सम्मेलन छाडेर कम्बोडिया फर्कंने बताएका छन् । उनी बैंककमा हुने एसिया प्यासिफिक इकोनोमिक को–अपरेसन बैठकमा पनि सहभागी हुने छैनन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया