बाइडनलगायत विश्वका शीर्ष नेता भेटेका कम्बोडियाका प्रधानमन्त्रीलाई कोरोना
काठमाडौं । कम्बोडियाका प्रधानमन्त्री हुन सेनलाई कोरोनाभाइरस संक्रमण भएको छ । विश्वका औद्योगिक राष्ट्रहरूको संगठन जी २० शिखर सम्मेलनमा सहभागी हुन इण्डोनेसियाको बालीमा रहेका उनलाई मंगलबार कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।
उनले सामाजिक सञ्जालमार्फत आफू कोभिड–१९ बाट संक्रमित हुन पुगेको जनाएका छन् ।
आइतवार सम्पन्न भएको दक्षिणपूर्वी एसियाली राष्ट्रहरू (आसियान) शिखर सम्मेलनको आयोजक कम्बोडिया थियो। त्यसक्रममा उनले अमेरिकी राष्ट्रपति जो बाइडनलगायत विश्वका धेरै देशका शीर्ष नेतासँग भेटवार्ता गरेका थिए ।
कोरोना संक्रमित भएपछि सेनले सम्मेलन छाडेर कम्बोडिया फर्कंने बताएका छन् । उनी बैंककमा हुने एसिया प्यासिफिक इकोनोमिक को–अपरेसन बैठकमा पनि सहभागी हुने छैनन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया