रवीन्द्र मिश्रलाई भोट माग्न चर्चित अभिनेत्री मनिषा कोइराला घरदैलोमा [तस्बिरसहित]
काठमाडौं । चर्चित अभिनेत्री मनिषा कोइराला चुनावी घरदैलोमा निस्किएकी छिन् । कांग्रेस संस्थापक बिपी कोइरालाकी नातिनी मनिषा कांग्रेस उम्मेदवारलाई होइन राप्रपाका उम्मेदवारलाई भोट माग्न घरदैलो अभियानमा निस्किएकी हुन् ।
४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं १ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार बनेका रवीन्द्र मिश्रलाई भोट माग्न मनिषा मंगलबार बिहान घरदैलोमा निस्किएकी हुन् । याे क्षेत्रका विभिन्न स्थलमा भाेट माग्न मनिषा मिश्रसँगै पुगेकी हुन् ।
केही दिन राप्रपाको चुनावी सभामा मनिषाले राप्रपामात्रै बिपीको मेलमिलापको असली पालनकर्ता भएको भन्दै सो पार्टीलाई जिताउन आग्रह गरेकी थिइन् ।
भ्रष्टाचारले मुलुक आक्रान्त भएको भन्दै मनिषाले अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपाका उम्मेदवारलाई जिताउन अपिल गरेकी थिइन् ।
कांग्रेसका संस्थापक बिपीकी नातिनी भए पनि मनिषा राजसंस्था पक्षधर हुन् । बिपीका जेठा छोरा प्रकाश राजसंस्थाको पक्षपाती हुन् । यसैले उनी छोरी मनिषा पनि राजसंस्थाको बहस र पैरवी गर्दै आएको राप्रपासँग नजिक भएको मन पराउँछन् ।
बलिउडमा कुनै समय चर्चाको शिखरमा पुगेकी अभिनेत्री हुन् मनिषा । यसैले राप्रपाले यसपटक चर्चित सेलिब्रेटी मनिषालाई चुनावी अभियानमा निक्कै महत्व दिएर प्रस्तुत गरिरहेको छ ।
अघिल्लोपटक विवेकशील साझाबाट मिश्र काठमाडौं १ मा कांग्रेस नेता प्रकाशमान सिंहसँग थोरै मतले पराजित भएका थिए ।
यसपटक मिश्रले उनै कांग्रेसका सिंहसँग फेरि काठमाडौं १ बाट प्रतिस्पर्धा गर्दैछन् ।
उम्मेदवार मिश्रले मनिषा सहभागी रहेको चुनावी घरदैलो विशेष रहेको बताएका छन् । आफूहरूलाई गरेको समर्थन र हौसलाप्रति मिश्रले सामाजिक संजालमार्फत् खुशी व्यक्त गरेका छन् ।





t

तस्बिर : रवीन्द्र मिश्रकाे फेसबुकबाट ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया