खानी विभागका जियोलोजिष्ट बर्खास्त
काठमाडौं । खानी तथा भूगर्भ विभागमा पोस्टिङ रहेका एक जियोलोजिष्ट बर्खास्तमा परेका छन् । नेपाल इन्जिनियरिङ सेवा जियोलोजी समूहको राजपत्रांकित तृतीय श्रेणीमा कार्यरत जियोलोजिष्ट सन्तोष अधिकारीलाई विभागले सेवाबाट हटाएको हो।
अधिकारी ०७८ साउन १७ देखि बिना सूचना कार्यालयमा अनुपस्थित थिए । बिदा स्वीकृत नगरी लामो समयसम्म बिदा बसेपछि विभागले बर्खास्तको निर्णय लिएको हो ।
निजामी सेवा ऐन, २०४९ को दफा ५९ को खण्ड (ख) बमोजिम भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी अधिकारीलाई बर्खास्त गरेको विभागले जनाएको छ । निजामती सेवा ऐनको यो खण्डमा बिदा स्वीकृत नगराई कुनै पनि कर्मचारी लगातार ९० दिनसम्म कार्यालयमा अनुपस्थित रहेका सेवाबाट हटाउन सकिने प्रावधान छ ।
अधिकारी अब यो निर्णयमा चित्त नबुझेमा प्रशासकीय अदालत जान सक्नेछन् । प्रशासकीय अदालत ऐन, २०७६ को दफा १२ मा बर्खास्तको निर्णय चित्त नबुझेमा त्यस्तो निर्णय भएको ३५ दिनभित्र प्रशासकीय अदालतमा पुनरावेदन गर्न सकिने प्रावधान छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया