NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ७ गते

खानी विभागका जियोलोजिष्ट बर्खास्त

काठमाडौं । खानी तथा भूगर्भ विभागमा पोस्टिङ रहेका एक जियोलोजिष्ट बर्खास्तमा परेका छन् । नेपाल इन्जिनियरिङ सेवा जियोलोजी समूहको राजपत्रांकित तृतीय श्रेणीमा कार्यरत जियोलोजिष्ट सन्तोष अधिकारीलाई विभागले सेवाबाट हटाएको हो।

अधिकारी ०७८ साउन १७ देखि बिना सूचना कार्यालयमा अनुपस्थित थिए । बिदा स्वीकृत नगरी लामो समयसम्म बिदा बसेपछि विभागले बर्खास्तको निर्णय लिएको हो ।

निजामी सेवा ऐन, २०४९ को दफा ५९ को खण्ड (ख) बमोजिम भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी अधिकारीलाई बर्खास्त गरेको विभागले जनाएको छ । निजामती सेवा ऐनको यो खण्डमा बिदा स्वीकृत नगराई कुनै पनि कर्मचारी लगातार ९० दिनसम्म कार्यालयमा अनुपस्थित रहेका सेवाबाट हटाउन सकिने प्रावधान छ ।
अधिकारी अब यो निर्णयमा चित्त नबुझेमा प्रशासकीय अदालत जान सक्नेछन् । प्रशासकीय अदालत ऐन, २०७६ को दफा १२ मा बर्खास्तको निर्णय चित्त नबुझेमा त्यस्तो निर्णय भएको ३५ दिनभित्र प्रशासकीय अदालतमा पुनरावेदन गर्न सकिने प्रावधान छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष