NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

फिल्मवाहेक अन्य के काम गर्छिन् ज्याकिलन ? सम्पत्ति कति ?

एजेन्सी । दुई सय करोड रूपैयाको सम्पत्ति शुद्धिरण मुद्धामा मुछिएकी बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई मंगलबार अदालतले जमानत दिएको छ । उनलाई पटियाला कोर्टले चार लाख रूपैयाँमा धरौटीमा जमानत दिएको हो ।

कथित प्रेमी सुकेश चन्द्रशेखरलाई प्रहरीले दुई सय करोड ठगी आरोपमा सम्पत्ति शुद्धिकरणको मुद्धा चलाएसँगै ज्याकलिन पनि यो केसमा मुछिएकी थिइन् । श्रीलंकामा जन्मिएकी ज्याकलिनले हालसम्म ३५ वटा फिल्ममा काम गरिसकेकी छिन् ।

फिल्मवाहेक उनले रेष्टुरेन्टलाई ‘साइड बिजनेस’ बनाएकी छिन् । ज्याकलिन दशवटा ब्राण्डकी सद्भावना दूत पनि हुन् । उनको कुल नेट वर्थ १०१ करोड रहेको जनाईएको छ ।

फिल्म दुनियाँमा आउनुअघि उनी टेलिभिजन रिपोर्टको भूमिकामा काम गर्थिन् । त्योसँगै मोडलिङमा पनि सक्रिय ज्याकलिनले सन् २००६ मा मिस युनिभर्स श्रीलंकाको उपाधी जितेकी थिइन् । त्यसै वर्ष उनले मिस युनिभर्समा श्रीलंकाको प्रतिनिधित्व पनि गरिन् ।

उनले काम गरेका ३५ मध्ये ११ फिल्मले बक्स अफिसमा सानदार व्यापार गर्न सफल भएका छन् । ज्याकलिनले हरेक फिल्ममा काम गरेवापत करिब ५ देखि ६ करोड रूपैयाँ पारिश्रामिक बुझ्दै आएकी छिन् ।

मुम्बइमा उनले आफ्नै घर किनेकी छिन् भने उनीसँग लग्जरी कारका कलेक्सन पनि छन् । त्यस्तै, ज्याकलिनले श्रीलंकाको साउथ कोस्टमा टापु पनि खरिद गरेकी छिन्। श्रीलंकाको कोलम्बोमा उनको आफ्नै रेष्टुरेन्ट छ ।

सम्पत्ति शुद्धिकरणमा मुछिएका उनका कथित प्रेमी सुकेशसँग ज्याकलिन विवाह गर्न चाहन्थिन् । सुकेशले ज्याकलिनलाई एस्पुएला नामको ५० लाखको घोडा, ९–९ लाखको दुईवटा बिरालो उपहार दिएका थिए ।

सुकेश भन्दा अघि उनी बहराइनका राजकुमार हसन बिन रशिद अली खिलाफ, फिल्म निर्माता साजिद खान, अभिनेता सिद्धार्थ मल्होत्रा र सलमान खानसँग पनि प्रेम सम्बन्धमा रहेको बताइन्छ ।