युएईद्वारा नेपालसामू १९२ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । युएईले नेपाललाई १९२ नको लक्ष्य दिएको छ । पहिलो खेलमा ८४ रनको फराकिलो अन्तरले पराजित गरेको युएईले नेपाललाई दोस्रो खेलमा भने १९२ रनको लक्ष्य दिएको हो ।
पहिलो खेलमा युएईले २६४ रनको लक्ष्य दिएको थियो । तर दोस्रो खेलमा नेपाली बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दा नेपाललाई युएईले मध्यम चुनौती पेश गरेको हो ।
नेपालको लागि सोमपाल कामी र ललित राजवंशीले तीन–तीन विकेट लिए । कामीले ७.२ ओभरमा ३५ रन दिएर ३ विकेट लिए । राजवंशीले १० ओभरमा ४१ रन दिएर तीन विकेट लिए । करण केसी, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले समान एकएक विकेट लिए ।
युएईका लागि महम्मद वसिमले ५०, एलिसन सराफुले ३५, भ्रित्य अरविन्दले २५, बासिल हमिदले २४ रनको योगदान दिए ।
तीनमध्ये आज दोस्रो एकदिवसीय खेल कीर्तिपुरस्थित मैदानमा भइरहेको हो ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया