युएईद्वारा नेपालसामू १९२ रनको लक्ष्य प्रस्तुत
काठमाडौं । युएईले नेपाललाई १९२ नको लक्ष्य दिएको छ । पहिलो खेलमा ८४ रनको फराकिलो अन्तरले पराजित गरेको युएईले नेपाललाई दोस्रो खेलमा भने १९२ रनको लक्ष्य दिएको हो ।
पहिलो खेलमा युएईले २६४ रनको लक्ष्य दिएको थियो । तर दोस्रो खेलमा नेपाली बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दा नेपाललाई युएईले मध्यम चुनौती पेश गरेको हो ।
नेपालको लागि सोमपाल कामी र ललित राजवंशीले तीन–तीन विकेट लिए । कामीले ७.२ ओभरमा ३५ रन दिएर ३ विकेट लिए । राजवंशीले १० ओभरमा ४१ रन दिएर तीन विकेट लिए । करण केसी, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले समान एकएक विकेट लिए ।
युएईका लागि महम्मद वसिमले ५०, एलिसन सराफुले ३५, भ्रित्य अरविन्दले २५, बासिल हमिदले २४ रनको योगदान दिए ।
तीनमध्ये आज दोस्रो एकदिवसीय खेल कीर्तिपुरस्थित मैदानमा भइरहेको हो ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया