NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

मेसीका नजरमा को–को हुन् विश्वकप जित्न सक्ने सबैभन्दा बलिया दाबेदार ?

काठमाडौं । सधैं जस्तो यसपटक पनि कतार विश्वकप पमा पनि अर्जेन्टिना विश्वकपको लागि दाबेदार हो । किनकी अर्जेन्टिना पछिल्लो ३५ खेलयता अपराजित रहँदै आएको छ ।

यति मात्रै होइन यो बीचमा ब्राजिल जस्तो टिमलाई दुई पटकसम्म पराजित गरिसकेको छ । मेसी, डि मारिया, मार्टिनेज जस्ता फरवार्ड उच्च लयमा हुँदा अर्जेन्टिना पनि दाबेदार टोली हो । किनकी मेसी यसपटक निक्कै राम्रो लयमा छन् । यसैले पनि सधैं जस्तो यसपटक मेसीको अर्जेन्टिना पनि प्रबल दाबेदार हो ।

तर उनी मेसीलाई विश्वकपको दाबेदारमा अन्य टिमलाई पनि उत्तिकै महत्व दिएका छन् । आफूहरूको दाबेदारी हुँदै गर्दा मेसीले सम्भावित दाबेदार र बलिया टिमको नाम लिएका हुन् ।

साउथ अमेरिकन फेडरेसनसँगको कुराकानीमा मेसीले विश्वकप सबै टिमका लागि कठिन हुने भन्दै जुनसुकै नतिजा पनि आउन सक्ने बताएका छन् । यसै क्रममा मेसीले ब्राजिल, फ्रान्स र इंग्ल्यान्डलाई पनि विश्वकपको बलियो दाबेदार टिमका रुपमा राखेका छन् ।

आफूहरू राम्रो तयारी गरी अघि बढेको भन्दै मेसीले राम्रो खेल्दै अघि बढ्ने सोचमा रहेको बताए । यसपटक अर्जेन्टिनाको टोलीमा मेक्सिको, पोल्यान्ड र साउदी अरेबिया छन् ।

अर्जेन्टिनाले २२ नोभेम्बरमा साउदी अरबसँग पहिलो खेल खेल्नेछ । नोभेम्बर २६ मा पोल्यान्ड र नोभेम्बर ३० मा मेक्सिकोसँग खेल्नेछ ।