प्रचण्ड जाने कार्यक्रममा विस्फोट गराउने को हुन् ?
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुने भोजपुरको एक चुनावी सभामा विस्फोट भएको छ ।
सत्ता गठबन्धनले गर्न लागेको भोजपुरस्थित पौवादुम्मा गाउँपालिकाको तिवारी भञ्याङको चुनावी सभामा विस्फोट भएको हो । अन्य स्थानका कार्यक्रममा सहभागी भई प्रचण्ड सो कार्यक्रममा सहभागी हुने कार्यक्रम थियो । विस्फोटमा परी सुमन श्रेष्ठ घाइते भएका छन् । उनी अरुण गाउँपालिका चरम्बिका हुन् ।
श्रेष्ठले टिफिन बक्समा बोकेको विस्फोटक पदार्थ विस्फोट भएको प्रहरीले जनाएको छ ।
चुनाव बहिष्कार गर्ने नीति लिएको विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले झोलामा बोकेको बम विस्फोट गराएकाे बताइएकाे छ ।
आफैंले बोकेको बम पड्किएर श्रेठको देब्रे खुट्टा चोटसमेत लागेको छ । उनलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
प्रचण्डको मंगलबार मात्रै सुनसरी, मोरङ, भोजपुर, खोटाङ र ताप्लेजुङसहितका स्थानमा चुनावी सभाको कार्यक्रम थियो । तर बम विष्फोट प्रचण्ड नपुग्दै भएको हो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया