NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २७ गते

युएईविरुद्धको दोस्रो खेलमा नेपालको संघर्षपूर्ण जित

काठमाडौं । नेपालले युएईविरुद्धको दोस्रो एकदिवसीय खेलमा संघर्षपूर्ण जित हात पारेको छ ।

१९२ रनको लक्ष्य पछ्याएको नेपालले युएईविरुद्ध संघर्षपूर्ण ३ विकेटको जित हात पारेको हो । नेपालले १३ बल बाँकी हुँदै सात विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।

नेपालको लागि आरिफ शेखले नटआउट ३३ रन बनाए । गुल्सन झाले सर्वाधिक ३७ रन बनाए । कुशल भुर्तेलले ३५, ज्ञानेन्द्र मल्लले २६ रन बनाए ।

डेब्यु खेलमै अर्धशतक बनाएका अर्जुन साउद खाता नै नखोली आउट भए । नेपालको जितसँगै तीन खेलको सिरिजमा एकएकको बराबरी भएको छ ।

आरिफ शेखले सम्हालिएर नटआउट ३३ रन र ६ विकेट गिरेपछि आएका सोमपाल कामले १६ बलमा महत्वपूर्ण १६ रन बनाएपछि नेपाल जितसम्म पुग्यो । पछिल्ला तीन ओभरमा नेपालले २२ रन बनायो । जसले जितकाे महत्वपूर्ण आधार दियाे ।

युएईका लागि महम्मद वसिमले ५०, एलिसन सराफुले ३५, भ्रित्य अरविन्दले २५, बासिल हमिदले २४ रनको योगदान दिए ।

ताजा अपडेट

नेपालवाच विशेष