पाँच सय रुपैयाँ तिरेपछि मात्रै विश्वकप फुटबल हेर्न पाइने
काठमाडाैं । सर्वोच्च अदालतले पाँच सय शुल्क तिरेरै विश्वकप फुटबल हेर्नुपर्ने गरी आदेश दिएको छ । मिडिया हबले पाँच सय शुल्क लिएर कतारमा हुने विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण गर्न पाउने गरी अदालतले बाटो खुला गरिदिएको हो ।
तर यस अघि सर्वोच्चले नै पाँच सय लिने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो ।
तर मंगलबार सर्वोच्चले आफैंले दिएको यस अघिको आदेश कार्यान्वयन नगरी पाँच सय लिएर मिडिया हबले विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण गर्न पाउने गरी आदेश दिएको हो ।
अधिवक्ता किशोर पौडेलले पाँच सय शुल्क लिएर मात्रै विश्वकप देखाउने मिडिया हबको निर्णयविरुद्ध रिट हालेका थिए । तर प्रकाशकुमार ढुंगाना र मनोजकुमार इजलासले पाँच सय लिएर मात्रै विश्वकप देखाउन पाउने गरी मिडिया हबलाई बाटो खोलिदिएको हो ।
पाँच दिनपछि कतारमा विश्वकप फुटबल सुरू हुँदैछ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया