पाँच सय रुपैयाँ तिरेपछि मात्रै विश्वकप फुटबल हेर्न पाइने
काठमाडाैं । सर्वोच्च अदालतले पाँच सय शुल्क तिरेरै विश्वकप फुटबल हेर्नुपर्ने गरी आदेश दिएको छ । मिडिया हबले पाँच सय शुल्क लिएर कतारमा हुने विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण गर्न पाउने गरी अदालतले बाटो खुला गरिदिएको हो ।
तर यस अघि सर्वोच्चले नै पाँच सय लिने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो ।
तर मंगलबार सर्वोच्चले आफैंले दिएको यस अघिको आदेश कार्यान्वयन नगरी पाँच सय लिएर मिडिया हबले विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण गर्न पाउने गरी आदेश दिएको हो ।
अधिवक्ता किशोर पौडेलले पाँच सय शुल्क लिएर मात्रै विश्वकप देखाउने मिडिया हबको निर्णयविरुद्ध रिट हालेका थिए । तर प्रकाशकुमार ढुंगाना र मनोजकुमार इजलासले पाँच सय लिएर मात्रै विश्वकप देखाउन पाउने गरी मिडिया हबलाई बाटो खोलिदिएको हो ।
पाँच दिनपछि कतारमा विश्वकप फुटबल सुरू हुँदैछ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया