सुनको मूल्य तोलामा ४०० रूपैयाँले घट्यो

काठमाडाैं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनको कारोबारको तुलनामा प्रतितोला चार सय रूपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला ९८ हजार चार सय रूपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९८ हजार रूपैयाँमा तोकिएको हो ।
।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार पाँच सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९७ हजार नौ सय रूपैयाँ थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार दुई सय ८५ तोकिएको महासंघले जनाएको छ । महासंघले अन्तर्राष्ट्रिय बजारको सुन तथा चाँदीका कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ ।
प्रतिक्रिया