NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ५ गते

केएल दुगड समुहका अध्यक्ष नेपाल बैंकद्वारा सम्मानित

काठमाडाैं । केएल दुगड समुहका अध्यक्ष किसनलाल दुगडलाई नेपाल बैंकले आफ्नो ८६ औ वार्षिकोत्सवको अवसरमा सम्मान गरेको छ । बैंकले दुगड आफ्नो सम्मानित, मर्यादित, नियमित सहयात्राीको रुपमा बैंकको स्थापना कालदेखि नै व्सवसायिक साझेदारको रुपमा रही रहेको र यो कुरा बैंकले चिरकालसम्म सस्थागत रुपमा स्मरण गर्ने जनाएको छ ।

मुलुकमा आर्थिक कारोबारलाई प्रवर्द्धन गर्दै रोजगारी श्रीजना गर्ने, उत्पादनमुलक क्षेत्रमा लगानी गरी निर्यातको माध्यमबाट विदेशी मुद्रा आर्जन गर्ने, आपुर्ती प्रणालीलाई सहजीकरण गर्ने, आर्थिक क्रियाकलाप सुचारु गर्दै उध्यमशिलताको श्रीवृद्धि गर्ने कार्यमा किसन लाल दुगडले पुयाएको योगदानको साथी नेपाल बैंक हुन पाएकोमा पनि बैंकले गर्व महसुस गरेको कुरा सम्मान प्रमाण पत्रमा उल्लेख छ ।

नेपाल बैंकको व्यवसायिक तथा निसठावान ग्राहकको रुपमा दुगडलाई सम्मानपत्र वितरण नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीले गरेका थिए ।

उक्त अवसरमा सम्मान ग्रहण गर्दै किसान दुगडले आफुले पहिलो बैकिङ कारोबार नेपाल बैंकबाट गरेको, सन १९६० मा नेपाल बैंकमार्फत नै एल सि खोलेर Raw Jute निर्यात गरेको, सन १९८१ मा एउटै एल सि मार्फत बैंककै ईतिहासमा आज सम्मैकै ठुलो एल सि मार्फत चामल बङालादेश निर्यात गरेको, बैंककै साथका कारण आफु तथा आफ्नो समुहले कृषि तथा विभिन्न क्षेत्रसँग सम्बन्धित उद्योग खोली उत्पादित वस्तुहरु विदेशसम्म निर्यात गर्न सक्षम भएको कुर स्मरण गर्दै बैंकको उत्तरोत्तर प्रगतिको शुभकामना दिएका थिए ।