NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

देउवा : सत्तामा पुग्दा सधैं धोका

काठमाडौं । कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा सातौंपटक निर्वाचनमा होमिएका छन् । देशको पाचौंपटक प्रधानमन्त्री भएका देउवालाई योपटक जनताले संसदमा देख्न चाहेका छैनन् ।

उमेरले ७७ वर्ष पार गरेका उनी निर्वाचनपछि पुनः प्रधानमन्त्री हुने दाउमा छन् । बुधबार डडेधुरामा सञ्चारकर्मीलाई जवाफ दिँदै अबको प्रधानमन्त्री आफू निर्विकल्प भएको दाबी गरेका छन् । जबकी उनी ५ पटकसम्म प्रधानमन्त्री हुँदा देशले गर्वलायक लायक कुनै पनि एउटा कामको लागि सम्झिने पात्रमा पर्दैनन् ।

‘अबको प्रधानमन्त्री पनि म नै हो । मेरो विकल्पमा कोही छैनन्’, उनले भने, ‘सुदूरपश्चिमबाट प्रधानमन्त्री हुने कोही पनि छैन । निर्वाचनपछि मेरै नेतृत्वमा सरकार बन्छ ।’ देउवाले आफू उठ्ने निर्वाचन क्षेत्रमा भनेका थिए ।

ज्योतिषीले सातौंपटक प्रधानमन्त्री बन्ने योग रहेको बताएपछि उनी झनै हौसिएका छन् । गठबन्धनका प्रमुख नेतासमेत रहेका उनी वर्तमान गठबन्धनबाट छैटौंपटक बन्न चाहेका छन् । डडेल्धुराको रुवाखोलामा २००३ साल जेठ ३१ मा जन्मिएका देउवालाई पाँचौपटक प्रधानमन्त्री बन्ने अवसर आएको हो । पाचौंपटक प्रधानमन्त्री हुँदासमेत देशको आर्थिक उन्नति र विकासमा केही काम नगरेको उनीमाथि आरोप छ ।

देउवा २०२० सालदेखि कांग्रेसको राजनीतिमा होमिएका थिए । उनी २०२८ सालमा नेविसंघको सभापति भए । २०४८ सालमा पहिलोपटक देउवाले डडेल्धुराबाटै सांसदमा जिते । सोही निर्वाचनपछि २०४८ सालमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वको देउवा गृहमन्त्री बन्न पुगे । गृहमन्त्री बनेको चार वर्षपछि देउवा २०५२ सालमा पहिलोपटक प्रधानमन्त्री बने । त्यतिबेला उनी ४९ वर्षका थिए । उनी प्रधानमन्त्री भएकै बेला देशमा १० वर्षे माओवादी सशस्त्र विद्रोह भयो । राज्यकोषको दुरुपयोग गरी सांसदहरूलाई पजेरो वितरणमा उनी जोडिए । सांसद किनबेचको विकृत संस्किृतिले संसदीय प्रणाली नै बदनाम भयो । देशमा भ्रष्टाचार उनकै शासनकालमा मौलायो । ४९ जनाको जम्बो मन्त्रिमण्डल बनाएर राज्यको ढुकुटी रित्याउने काम भयो । राजनीतिक अस्थिरताको सुत्रधार उनकै पालाबाट भयो । एकातिर सशस्त्र माओवादी विद्रोहले उग्ररुप लिएको र अर्कोतिर राज्यसत्तामा चरम भ्रष्टाचारका कारण जनतामा निराशा बढ्दै गयो । जनतामा बढ्दो निराशाकाबीच तत्कालीन राजा ज्ञानेन्द्रले देउवा सरकार अपदस्थ गरे ।

२०५८ र २०६१ सालमा उतारचढावपूर्ण अवस्थामा प्रधानमन्त्री बनेका देउवा चौथोपटक २०७४ सालमा प्रधानमन्त्री भए । तर देउवाको कामबाट कोही पनि सन्तुष्ट भएनन् । छैटौंपटक डडेलधुराबाट निर्वाचन जितेपनि देशका लागि केही काम नगरेको भन्दै उनीमाथि चौतर्फी आलोचना भएको छ । योपटक देउवालाई विश्राम दिने भन्दै उनीविरुद्ध स्वतन्त्र उम्मेदवार सागर ढकालले उम्मेदवारी दिएका छन् । वृद्ध नेतालाई विश्राम दिएर युवा पुस्तालाई प्रधानमन्त्री बनाउनुपर्ने उनले अभियान नै चलाएका छन् ।