NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

मापसे गरेको आरोपमा मतदान अधिकृत पक्राउ

काठमाडौं । मादक पदार्थ सेवन (मापसे) गरेको आरोपमा प्रहरीले एक निर्वाचन अधिकृतलाई नियन्त्रणमा लिएको छ ।

पश्चिम नवलपरासीको सुनवल नगरपालिका–११ स्थित वाक्वाणी माध्यमिक विद्यालय मतदान केन्द्र ‘ख’ का मतदान अधिकृत पृथ्वीराज चौधरीलाई प्रहरीले मापसे गरेको आरोपमा पक्राउ गरेको हो ।

पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले चौधरीले आचरणविपरीतको कार्य गरेकाले नियन्त्रणमा लिएर जिम्मेवारीमुक्त गरिएको जानकारी दिए ।

चौधरी पाल्हीनन्दन गाउँपालिकाको पशु शाखामा कार्यरत अधिकृत हुन् ।

चौधरी कारबाहीमा परेपछि उनको स्थानमा अर्का मतदान अधिकृत खटाइएको छ ।