प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन : मतपेटिका संकलनलगत्तै गणना, पाँच दिनभित्र अन्तिम परिणाम
काठमाडौं । आगामी आइतबार प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन हुँदैछ । निर्वाचनको प्रचारप्रसार सकिएकाले परिणाममाथि आम चासो छ ।
स्थानीय तह निर्वाचनमा मतदाता धेरै भएको स्थानको अन्तिम मत परिणाम सार्वजनिक हुन झण्डै दुई साता लागेको थियो । त्यसैले यस पटक पनि मत गणना उस्तै धिमा गतिमा हुने हो कि भन्ने आशंका छ ।
तर निर्वाचन आयोगले यस पटक पाँच दिनभित्र सबै निर्वाचन परिणाम सार्वजनिक गरिसक्ने लक्ष्य लिएको छ । मतपेटिका संकलन कार्य सकिएलगत्तै मतगणना सुरु हुने र पाँच दिनभित्र सबै परिणाम सार्वजनिक गरिने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।
आयोगका अनुसार, प्रत्यक्षतर्फको नतिजा तीन दिन र समानुपातिकको पाँच दिनभित्र सकिने गरी गणना कार्य हुनेछ ।
आयोगले निर्वाचन नतिजाको प्रतिवेदन मंसिर २२ गतेभित्र राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाउने तयारी गरेको छ । निर्वाचनको अन्तिम परिणाम आयोगले औपचारिक रूपमा राष्ट्रपतिलाई बुझाउनुपर्ने संवैधानिक प्रावधान छ ।
आगामी आइतबार हुन गइरहेको निर्वाचनमा एक करोड ७९ लाख ८० हजार पाँच सय ७० मतदाता छन् । यी मतदाताले आफ्नो मतमार्फत पाँच वर्षका लागि प्रदेश तथा प्रतिनिधिसभाका सांसद चयन गर्नेछन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया