नेपाल टस जितेर बलिङमा, हरिशंकरलाई मौका, करण बेञ्चमा
काठमाडौं । युएईविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट खेलमा नेपालले बलिङ रोजेको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको हो ।
यूएईसँग यसअघि भएका दुई प्रतिस्पर्धामा नेपालले एकमा जित र अर्कोमा हार बेहोरेको छ । पहिलो खेलमा यूएईसँग ८४ रनले पराजित भएको नेपाल दोस्रो खेलमा यूएईमाथि ३ विकेटको जित हात पारेको थियो ।
तीन खेलको सिरिजमा नेपाल र युएईले बराबर जित निकालेकाले आजको खेल निर्णायक हुनेछ ।
त्यसैले दुवै टिम आज नतिजा आफ्नो पोल्टामा पार्ने ध्याउन्नमा हुनेछन् ।
आजको नेपालले जित निकालेमा घरेलु भूमिमा पहिलो पटक दुई देशीय सिरिज जितेको रेकर्ड कायम हुनेछ ।
आजको खेलमा करण केसीलाई बेन्चमा राखेर आराम दिइएको छ भने हरिशंकर शाहले तेस्रो खेलमा पनि पुनः मौका पाएका छन् ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया