अन्ततः मानेले गुमाए कतार विश्वकप
काठमाडौं । सेनेगलका कप्तान साडियो माने आइतबारदेखि कतारमा सुरु हुने फिफा विश्वकपमा नदेखिने पक्का भएको छ ।
बायर्न म्युनिखमा आबद्ध माने दुई साताअघि घाइते भएका थिए । तथापि सेनेगलले उनलाई टिममा समेटेको थियो । बिहीबार उनको खुट्टाको शल्यक्रिया भएसँगै उनी आगामी आइतबार कतारमा हुने विश्वकपमा नदेखिने पक्का भएको हो ।
सेनेगल फुटबल फेडेरेसनले माने विश्वकपबाट बाहिरिएको पुष्टि गरेको छ । साथै उसले कतारमा विश्वकपमा सेनेगलको टिमले मानेका लागि खेल्ने बताएको छ ।
नोभेम्बर ८ मा वेडर ब्रेमेनविरुद्धको खेलमा मानेको खुट्टामा चोट लागेको थियो । शल्यक्रिया गरिएकाले माने अबको करिब तीन महिना मैदानमा देखिने छैनन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया