सुनको मूल्य सामान्य बढ्यो, चाँदी घट्यो
काठमाडौं । बिहीबार घटेको सुनको मूल्यमा शुक्रबार सामान्य बढेको छ । सुनचाँदी बजारमा शुक्रबार छापावाल सुनको मूल्य एक सय रूपैयाँ बढेर ९८ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार छापावाल सुन प्रतितोला ९८ हजार रूपैयाँमा कारोबार भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ६ सय छ ।
त्यस्तै आज चाँदीको मूल्य तोलामा ५ रूपैयाँ घटेको छ । आज चाँदी तोलामा एक हजार २८० रूपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार चाँदी प्रतितोला एक हजार दुई सय ८५ रूपैयाँ तोकिएको थियो । महासंघले अन्तर्राष्ट्रिय बजारको सुन तथा चाँदीका कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया