कीर्तिपुरस्थित मैदानबाट यसरी समातिए सट्टेबाज

काठमाडौं । नेपाल र यूएईबीचको खेलमा सट्टेबाजी गरेको आरोपमा प्रहरीले २० जना जनालाई पक्राउ गरेको छ ।
कीर्तिपुरस्थित क्रिकेट मैदानमा नेपाल र यूएईबीचको तेस्रो तथा अन्तिम खेलमा सट्टेबाजी गर्ने २० जनालाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
खेल एक एकको अवस्थामा रहेकोमा आजको खेल फाइनलसरह हुनेछ ।
अघिल्लो खेलमा पनि प्रहरीले केहीलाई निगरानीमा राखेको थियो । तर शुक्रबार भने सट्टेबाजी गर्न खोजेको आशंकामा ती युवालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अगाडि बढाएको हो ।
प्रहरीले उनीहरूले प्रयोग गरेको मोबाइल पनि नियन्त्रणमा लिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
खेल हेर्ने बहानामा उनीहरू बेटिङ राखेका थिए ।
अन्तिम खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्दैछ । ३० अाेभरमा ९२ रन जाेड्दा यूएईकाे सात विकेट गुमिसकेकाे छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया