यूएईविरुद्ध नेपालको उत्कृष्ट बलिङ, एक सय रन नबनाउँदै गुमे ९ विकेट
काठमाडौं । निर्णायक तथा अन्तिम एकदिवसीय खेलमा नेपालले यूएईविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको छ ।
टस जितेर पहिले बलिङ रोजेको नेपालले अपेक्षा अनुसार नै उत्कृष्ट प्रदर्शन गरेको हो ।
११ रन बनाउँदा पहिलो विकेट लिएको नेपालले जम्मा ९३ रन यूएईले जोड्दा ९ विकेट लिएको हो ।
नेपालको लागि गुल्सन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले समान २\२ विकेट लिएका हुन् ।
ललित राजवंशी र सोमपाल कामीले पनि एकएक विकेट लिएका छन् ।
बलरले उत्कृष्ट प्रदर्शन गरेपछि युएई निर्णायक तथा अन्तिम खेलमा कम योगफलमा सीमित हुने देखिएको छ ।
७९ रन हुँदा चार विकेट मात्रै गुमेको यूएईको अर्को पाँच विकेट भने भने छिटो गुम्यो ।
९३ रन हुँदा अर्को पाँच विकेट पनि गुमाएपछि युएई निर्णायक खेलमा कमजोर देखिएको हो ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया