यूएईविरुद्ध नेपालको उत्कृष्ट बलिङ, एक सय रन नबनाउँदै गुमे ९ विकेट

काठमाडौं । निर्णायक तथा अन्तिम एकदिवसीय खेलमा नेपालले यूएईविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको छ ।
टस जितेर पहिले बलिङ रोजेको नेपालले अपेक्षा अनुसार नै उत्कृष्ट प्रदर्शन गरेको हो ।
११ रन बनाउँदा पहिलो विकेट लिएको नेपालले जम्मा ९३ रन यूएईले जोड्दा ९ विकेट लिएको हो ।
नेपालको लागि गुल्सन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले समान २\२ विकेट लिएका हुन् ।
ललित राजवंशी र सोमपाल कामीले पनि एकएक विकेट लिएका छन् ।
बलरले उत्कृष्ट प्रदर्शन गरेपछि युएई निर्णायक तथा अन्तिम खेलमा कम योगफलमा सीमित हुने देखिएको छ ।
७९ रन हुँदा चार विकेट मात्रै गुमेको यूएईको अर्को पाँच विकेट भने भने छिटो गुम्यो ।
९३ रन हुँदा अर्को पाँच विकेट पनि गुमाएपछि युएई निर्णायक खेलमा कमजोर देखिएको हो ।
ताजा अपडेट
-
एमसिसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत
-
हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
-
रूपन्देही–३ को उपनिर्वाचनबारे छलफल गर्न रास्वपाको सचिवालय बैठक बस्दै
-
आजको मौसम : ६ प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना
-
मनसुनजन्य विपद्: विगतमा के भयो, के सिकियो ?
प्रतिक्रिया