यूएईविरुद्ध निर्णायक खेलमा नेपाललाई १७७ रनको लक्ष्य
काठमाडौं । यूएईले निर्णायक खेलमा नेपाललाई १७७ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले बलिङ गर्ने नेपालको निर्णयपछि बलरले उत्कृष्ट प्रदर्शन गर्दा नेपालले कम लक्ष्य पाउने देखिएको थियो ।
तर अन्तिम विकेटका लागि आयान खान र हजरत विलालले ८३ रनको साझेदारी गरेपछि युएईले नेपाललाई १७७ रनको लक्ष्य दिएको हो । ३१.१ ओभरमा ९ विकेट गुमाइसकेको यूएईले पूरै ५० ओभर नै खेलेर ९ विकेट क्षतिमा १७६ रन बनाएको हो ।
११ रन बनाउँदा पहिलो विकेट लिएको नेपालले जम्मा ९३ रन यूएईले जोड्दासम्म ९ विकेट लिइसकेको थियो ।
१६ रन हुँदा तीन विकेट गुमाइसकेको युएईको ७९ रन हुँदा बल्ल चौथो विकेट गुमेको थियो । तर चौथो विकेट गुमेपछि १३ रन थप जोड्दा यूएईले अर्को पाँच विकेट पनि गुमायो । तर आयान खान र हजरत विलालले महत्वपूर्ण इनिङ खेलेका हुन् ।
आयानले ५४ र बिलालले २० रन जोडे ।
नेपालको लागि गुल्सन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले समान २\२ विकेट लिएका हुन् ।
ललित राजवंशी र सोमपाल कामीले पनि एकएक विकेट लिएका छन् ।
यूएईको लागि अलिसान सराफुले ३३, रोहन मुस्तफाले २४ र महम्मद वसिमले ११ रन बनाए ।
यस अघिको दुई खेलमा पहिलोमा यूएई र दोस्रो नेपाल विजयी भएका थिए । पहिलोमा यूएई ८४ रनको फराकिलो अन्तरले विजयी भएको थियो । दोस्रोमा नेपाल ३ विकेटले विजयी भएको थियो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया