एनआईसी एशियाका ग्राहकले अनलाइनबाटै केवाइसी अद्यावधिक गर्न सकिने
काठमाडाैं । एनआईसी एशिया बैंकले अनलाइनबाटै ग्राहकहरूको व्यक्तिगत पहिचान विवरण अद्यावधिक गर्न सकिने सेवा ल्याएको छ । बैंकले घर वा अफिसबाटै आफ्नो खाताको केवाइसी विवरण अद्यावधिक गर्न सकिने Video KYC (V-KYC) सेवा सञ्चालनमा ल्याएको हो ।
यो नविन सुविधाको प्रयोग गर्नको लागि बैंकको वेबसाइट https://www.nicasiabank.com/ मा रहेको Online Application छनौट गरी आफ्नो खाता नम्बर तथा केवाइसी अद्यावधिकको कारण उल्लेख गरी ओटिपी प्राप्त गर्ने एसएमएस वा इमेल वा दुबै विकल्प छनौट गरी सवमिट गर्नुपर्नेछ ।
त्यसपछि ग्राहकले आफ्नो व्यक्तिगत विवरणहरू भरी अनुकुल समयमा भिडियो कलमार्फत केवाइसी विवरण बैंकलाई उपलब्ध गराउन सक्ने र बैंकिङ्ग समयमा भिडियो कलका लागि ब्उउयष्लतmभलत द्यययप गरी सो समयमा केवाइसी विवरण अद्यावधिक गर्न सकिने बैंकले जनाएको छ।
बैंकले यसअघि अनलाईन खाता खोल्नेका लागि अनलाईनबाट उक्त विवरण अद्यावधिक गर्न सकिने भिडियो केवाइसी सेवाको सुरुवात गरिसकेको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया